Logo

बिहिवार, जेठ ५ गते २०७९

images

रूसी राष्ट्रपति पुटिन दुई कार्यकाल राष्ट्रपति हुन पाउने प्रस्ताव संवैधानिक अदालतद्वारा स्वीकृत

रूसी राष्ट्रपति पुटिन दुई कार्यकाल राष्ट्रपति हुन पाउने प्रस्ताव संवैधानिक अदालतद्वारा स्वीकृत

नेपालपाना चैत्र ४ २०७६
  • 17.0K
    SHARES
  • रूसी राष्ट्रपति पुटिन दुई कार्यकाल राष्ट्रपति हुन पाउने प्रस्ताव संवैधानिक अदालतद्वारा स्वीकृत

    रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आगामी दुई कार्यकाल रूसको कार्यकारी पदमा रहेर नेतृत्व गर्न पाउने आधार खडा भएको छ । 

    रूसको संवैधानिक अदालतले सोमबार राष्ट्रपति पूटिनद्वारा प्रस्ताव गरिएको सुधारको संशोधन प्रस्तावलाई स्वीकृत गरेको हो। यससँगै पूटिनको सुधार प्रस्ताव रूसको आधारभूत कानून बनेको छ । 

    नयाँ कानूनी व्यवस्था अनुसार अब राष्ट्रपति पूटिनले आगामी दुई कार्यकाल रूसको कार्यकारी पदमा रहेर नेतृत्व गर्न पाउने आधार खडा भएको छ । संवैधानिक अदालतले आदेशलाई आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। 

    आदेशको एक प्रति तत्काल राष्ट्रपति पूटिनलाई पठाएको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ व्यवस्थासँगै पूटिने आगामी सन् २०३६ सम्म सत्तामा रहन पाउने कानूनी बाटो पनि खुला भएको छ ।

    चैत्र ४, २०७६ मंगलवार ०४:००:४३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend