Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

भोलीदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

भोलीदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

नेपालपाना चैत्र ६ २०७६
  • 27.2K
    SHARES
  • भोलीदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

    काठमाडौं : भोली (बिहीबार) देखि शुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

    कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस संक्रमणबाट विद्यार्थी एवं आम नागरिकलाई सुरक्षित राख्न परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। 

    अर्को सूचना नआउन्जेलका लागि परीक्षाका सबै कार्यक्रम स्थगित गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले निर्णय गरेको छ 
    अब परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाका लागि अर्को सूचना निकाल्नेछ। तर नेपालका छिमेकी देशहरुमा फैलिइरहेको कोरोना संक्रमणका कारण कम्तिमा केही साता परीक्षा नहुने पक्कापक्की जस्तै छ।

    यो पटक एसईई परीक्षामा करिब ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुने जनाइएको छ। परीक्षा सञ्चालनका लागि सरकारले देशभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र र सोही अनुसारको जनशक्ति परिचालन समेत गरिसकेको छ। 

    चीनको उहानमा पहिलोपटक देखापरेको कोभिड १९ भनिने कोरोना भाइरसबाट यो समाचार तयार पार्दासम्म ८२७० जनाको ज्यान गइसकेको छ। यस्तै २ लाख ४ हजार ६१० जनामा संक्रमण भएको छ। 

    यद्यपी, नेपालमा भने हालसम्म एकजनामा मात्र कोरोना संक्रमण भेटिएको छ र संक्रमित व्यक्ति पनि उपचारपछि निको भएको घर फर्किसकेका छन्। कोरोना संक्रमण भेटिएका देशहरुमध्ये नेपाल अहिलेसम्म सबैभन्दा सुरक्षित छ।

    सतर्कता अपनाएको खण्डमा नेपालमा कोरोनाले त्यति ठूलो जोखिम ननिम्त्याउने निश्चितजस्तै छ। तर मानवीय हताहती रोक्न र जनजीवन कष्टप्रद हुनबाट जोखिन नागरिकतहमै आवश्यक उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव रहीआएको छ।

    चैत्र ६, २०७६ बिहिवार ०२:०५:२७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend