काठमाडौं : अन्नपूर्ण पदमार्ग क्षेत्रबाट नेदरल्याण्डस्का तीन पदयात्री बेपत्ता भएका छन्।
दुई महिला पदयात्री र एक भरिया अन्नपूर्ण क्षेत्रमा हराइरहेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) ले जानकारी दिएको छ।
नेदरल्याण्ड दुतावासले पनि नेपालको अन्नपूर्ण क्षेत्रमा आफृ्ना दुई नागरिकसहित तीनजना हराइरहेकाले खोजी गरिदिन टानलाई इमेल लेखेको छ।
हराइरहेका पदमार्गीहरुमा नेदरल्याण्डको पासपोर्ट नं ‘एनपीआरडीके ६९०३’ वाहक मेडेलिन भान डेर पर्क र ओल्गा स्प्रोकेन हुन्। हराइरहेका नेपाली भरियाको नाम भने सार्वजनिक गरिएको छैन।
ती पदयात्रीहरु भरियासहित मार्च ९ तारिखका दिन मनाङको जगत, थोराङ ला पास हुँदै जोमसोमतर्फ जान प्रस्थान गरेको खुलेको छ। अन्तिम पटक मार्च १६ तारिखका दिन उनीहरुले इन्स्टाग्राम र ह्वाट्सएपमार्फत सम्पर्क गरेका थिए। त्यसयता भने उनीहरुको अत्तोपत्तो लागेको छैन।