काठमाडौं । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ६ सय १ पुगेको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाए अनुसार अहिलेसम्म १८ हजार ६ सय १ जनामा कोरोना सङ्क्रमित मध्ये ५ सय ९२ जनाको ज्यान गइसकेको छ ।
भारतमा कोरोना सङ्क्रमणबाट सबभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो जहाँ अहिलेसम्म ४ हजार ६ सय ६६ जना सङ्क्रमित भएका छन् भने २ सय ३२ जनाको ज्यान गइसकेको छ ।
यस्तै सबभन्दा कम प्रभावित राज्य मिजोरम र अरुणाचल प्रदेश हुन् जहाँ एकरएक जना सङ्क्रमित भएका छन् ।