Logo

शनिवार, आषाढ ११ गते २०७९

images

कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय हुन्छः शिक्षामन्त्री

कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय हुन्छः शिक्षामन्त्री

नेपालपाना जेठ २२ २०७७
  • 9.1K
    SHARES
  • कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय हुन्छः शिक्षामन्त्री

     काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने बताएका छन् । 

    शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका हुन् ।

    उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताए । उनले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए ।

    जेठ २२, २०७७ बिहिवार १४:४०:२४ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend