Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान भाव प्रकट गरी यसरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान भाव प्रकट गरी यसरी मनाइँदै

नेपालपाना आषाढ २१ २०७७
  • 13.5K
    SHARES
  • आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान भाव प्रकट गरी यसरी मनाइँदै

    काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

    आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । 

    ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्क निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

    अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ ।

    गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नगरेपनि अरु विभिन्न माध्यमबाट श्रद्धाभाव प्रकट गर्न सकिने गौतमले बताए । 

    आषाढ २१, २०७७ आइतवार ०९:५१:०९ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend