Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्दै

दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्दै

नेपालपाना श्रावण ३ २०७७
  • 9.3K
    SHARES
  • दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्दै

    काठमाडौँ । पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । 

    साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको हो ।  मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।

    “मन्दिर खुला गरिए पनि कोरोना भाइरसबाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उन भने । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो महिना दर्शनार्थी एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भनेर मन्दिर आसपास आइरहेका छन् ।

    पशुपतिनाथका नित्य दर्शनार्थी सिनामङ्गल निवासी मनोज भण्डारीका अनुसार निकै दर्शनार्थी मन्दिर परिसरमा पस्न चाहिरहेका छन् । कतिपयले अमालकोट कचहरीस्थित जलद्रोणी दक्षिण फर्किएको खञ्जनेश्वर, सिफलको भण्डारेश्वरलगायत आफ्नै बसोबासस्थल आसपासका शिवालयमा शिवको अर्चना गरिरहेका छन् ।

    श्रावण ३, २०७७ शनिवार ०८:२२:३३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend