Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्यः भट्टराई

व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्यः भट्टराई

नेपालपाना श्रावण १७ २०७७
  • 8.8K
    SHARES
  • व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्यः भट्टराई

    काठमाडौं । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण स्वीकार नगर्ने बताएका छन् । 

    पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताउँदै उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका हुन् ।

    सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गर्दै ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ।’ लेखेका छन् ।

    उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने पनि बताएका छन् । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्थानान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि सम्पदाविद जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।

    श्रावण १७, २०७७ शनिवार १४:१२:२७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend