Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

नेपालपाना भाद्र ५ २०७७
  • 10.2K
    SHARES
  • आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

    काठमाडौं । आज हरितालिका तीज पर्व, देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । 

    भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । 

    जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । 

    भाद्र ५, २०७७ शुक्रवार ०८:४९:११ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend