Logo

शनिवार, बैशाख ४ गते २०७८

चीनबाट उत्तर कोरिया आउनेलाई सिधै गोली हान्ने यस्तो आदेश जारी

चीनबाट उत्तर कोरिया आउनेलाई सिधै गोली हान्ने यस्तो आदेश जारी

नेपालपाना भाद्र २७ २०७७
  • 3.4K
    SHARES
  • चीनबाट उत्तर कोरिया आउनेलाई सिधै गोली हान्ने यस्तो आदेश जारी

    काठमाडौं । चीन हुँदै उत्तर कोरिया आउनेलाई गोली हान्नेसम्मको आदेश जारी भएको छ । उत्तर कोरियाली अधिकारीहरुले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चीन हुँदै आफ्नो देशमा छिर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका हुन् ।

    स्वास्थ प्रणाली खासै सुदृृढ नभएपनि उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको एउटै पनि संक्रमणको घटना दर्ता भएको छैन । महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो । गत जुलाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै उत्तर कोरियाले संकटकाल लगाएको थियो । 

    चीन उत्तरको सबैभन्दा ठूलो सहयोगी हो । अन्तर्राष्ट्रिय न्युज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो । एएफपीको समाचारअनुसार उत्तर कोरियाली स्पेशल अपरेशन फोर्सलाई सीमामा तैनाथ गरिएको छ, त्यस्तै स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको छ । एक्सप्रेसको युकेमा प्रकाशित समाचारअनुसार सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि उनीहरुल कारण नसोधी गोली हान्न सक्छन् ।

    आणविक कार्यक्रमका कारण बाँकी विश्वले आर्थिक प्रतिबन्ध लगाइरहेका बेला चीनसँगको सीमा बन्द भएपछि  उत्तर कोरियामा थप असर देखिएको छ । चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको छ । उत्तर कोरियामा झन्डै एक साताअघि आएको आँधीको प्रभाव पनि विकराल देखिएको छ, जसकारण २ हजारभन्दा धेरै घर ध्वस्त भएका छन् । 

    भाद्र २७, २०७७ शनिवार १३:३१:२७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana