Logo

शनिवार, बैशाख ४ गते २०७८

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कारमा सरर

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कारमा सरर

नेपालपाना आश्विन १९ २०७७
  • 4.6K
    SHARES
  • कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कारमा सरर

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक कारमा देखिएका छन् ।

    कोरोना भाइरसको संक्रमित भई अस्पतालमा उपचाररत ट्रम्प अचानक कारमा देखिएका हुन् । उनी अस्पताल बाहिर कारमा मास्कसहित यात्रामा निस्किएको देखिएका हुन् ।

    ट्रम्पले कारबाट हात हल्लाएको तस्वीर समेत सार्वजनिक भएको छ । उनी कारगेडसहित अस्पतालबाहिर पुगेका थिए । ह्वाइट हाउसले ट्रम्प आफ्ना समर्थकलाई अभिवादन गर्न निस्केको र पुनः वाल्टर रिड मेडिकल सेन्टरस्थित प्रेसिडेन्टल स्वीटमा रहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

    यसअघि कारमा यात्रामा निस्कुन अघि ट्रम्पले ट्वीटमा भिडियो सन्दे दिदै आफू समर्थकहरुलाई आश्चर्यमा पार्न लागिरहेको बताएका थिए । उनले कोरोना भाइरसले आफूलाई धेरै सिकाएको समेत बताए । 

    उनले भने, ‘यो रोचक यात्रा बन्यो । मैंले कोभिड १९ बाट धेरै सिकें ।’ उनले पछिल्लो भोगाईलाई वास्तविक विद्यालय भने । ट्रम्प कारगेडमा निस्कँदा समर्थकहरु खुशी भएका थिए ।

    आश्विन १९, २०७७ सोमवार १०:४५:२१ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana