Logo

शनिवार, बैशाख ४ गते २०७८

राजीनामा माग्ने विपक्षीहरूको एकतालाई इमरान खानले ‘डाँकुहरूको एकता’ भनेपछि...

राजीनामा माग्ने विपक्षीहरूको एकतालाई इमरान खानले ‘डाँकुहरूको एकता’ भनेपछि...

नेपालपाना आश्विन २६ २०७७
  • 3.0K
    SHARES
  • राजीनामा माग्ने विपक्षीहरूको एकतालाई इमरान खानले ‘डाँकुहरूको एकता’ भनेपछि...

    पाकिस्तान । प्रधानमन्त्री इमरान खानले विपक्षी दलहरूको एकतालाई ‘डाँकुहरूको एकता’ बताएका छन्।

    यतीबेला खान नेतृत्वको सरकार विरूद्ध विपक्षी दलहरू एकजुट भएका छन्। सोही विपक्षी दलहरूको एकतालाई इमरान खानले ‘डाँकुहरूको एकता’ बताएका हुन्।

    असोज ५ गते पाकिस्तानका पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। उनीहरूले २६ बुँदे संयुक्त सम्झौता पत्र सार्वजनिक गर्दै आन्दोलनमा जाने घोषणा गरेका थिए। 

    गठबन्धनमा पाकिस्तान पिपल्स पार्टी, पाकिस्तान मुस्लिम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरू रहेका छन्। पाकिस्तानी अखबार जंगमा चेतावनी दिदैं इमरानले ‘सारा बेरोजगार नेता एकसाथ खडा भएका छन्। यो डाँकुहरूको एकता हो। विपक्षले आफ्नो इच्छा अनुसार जुलुस९जलसा गरून्, कानुन तोडेमा सिधा जेल जानेछन् र त्यो जेल भिआईपी जेल हुनेछैन, आम कैदीवाला जेल हुनेछ ।’ भनेका छन्।

    आफू विरूद्ध मोर्चाबन्दी गरेको विपक्षी गठबन्धनविरूद्ध इमरान खरोरूपमा उभिरहेका छन्। उनले यसमा खासगरी नवाज शरीफलाई आफ्नो मुख्य निशाना बनाएका छन्। ‘विपक्षीको उदेश्य लोकतन्त्र हैन, भ्रष्टाचार बचाउ नेछ। लोकतन्त्र त म हूँ, देशले प्रगति गरिरहेको छ। त्यसैले विपक्षीलाई सरकार ढाल्ने हतारो  ।’ इमरानले भने।

    वकिलहरूको एक संगठनले आयोजना गरेको एक कार्यक्रममा उनले मुख्य रूपमा शरीफमाथि निशाना साँधे। उनले शरीफ पंजाब पुलिस बन्ने ध्याउन्नमा रहेको आरोप लगाए।

    आश्विन २६, २०७७ सोमवार १०:३३:०२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana