काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा तान्ने प्रयासमा लागेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक अघिसम्म ओली र पुष्पकमल दाहाल प्रचण्ड पकड बलियो बनाउन सक्रिय भएका छन् । दुवै नेताहरुले सचिवालय, स्थायी र केन्द्रीय कमिटिीका प्रभावशाली नेताहरुसँग भेटघाट जारी राखेका छन् । उनीहरुले विश्वासपात्र र आफ्नो पक्षका नेताहरुसँग छलफल गर्दै आएका छन् ।
पार्टी बैठकमा भोलि दुवैले एक अर्कालाई लगाएको आरोप प्रत्यारोपको दस्तावेजमाथि छलफल हुुुनेछ । यही दस्तावेजले नेकपाको भविष्यसमेत तय गर्ने परिस्थिति बन्दैछ । त्यसका लागि सचिवालय देखि स्थायी कमिटीमा रहेको पकडले फरक अवस्था ल्याउनसक्छ ।
नेकपाभित्र अहिले सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । नौ सदस्यीय सचिवालयमा ओलीको पक्षमा चारजना देखिएका छन् । प्रचण्डको पक्षमा पाँचजना छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल देखिएका छन् । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।
ओलीले छजना विरोधी सचिवालय सदस्यमध्ये माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर प्रयास गरे । नेपाल र खनाल पक्षमा नआउने निश्चित भइसकेको छ ।
दुवै नेता कहाँ ओलीका विश्वासपात्रहरु पुगेर छलफल गरेपनि सफल भएन । ओलीले नेपालसँग तीनपटक छलफल गरे । तर, कुरा मिल्नुका साटो टकराव बढेर गयो । ओलीले अझै उपाध्यक्ष बामदेव गौतमलाई पक्षमा तान्न प्रयास छाडेका छैनन् ।