Logo

मंगलवार, मंसिर १३ गते २०७९

हर्षवर्द्धनको हर्षित मुद्रा, संवादहीनतामा ‘आइस–ब्रेक’ !

हर्षवर्द्धनको हर्षित मुद्रा, संवादहीनतामा ‘आइस–ब्रेक’ !

मंसिर १३ २०७७
  • 22.9K
    SHARES
  • हर्षवर्द्धनको हर्षित मुद्रा, संवादहीनतामा ‘आइस–ब्रेक’ !

    काठमाडौं। अघि भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगला हर्षित मुद्रामा थिए। नेपाल–भारत एक वर्षदेखिको संवादहीनतामा ‘आइस–ब्रेक’ गराउने अवसर भाग्यवश शृंगलाकै काँधमा आएको थियो। 

    आएकै दिनदुई दिने भ्रमण पूरा गरेर फर्किनु उनले नेपाली समकक्षी भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गरे। लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे। विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरे।

    उच्चस्तरीय भेट र तिनमा भएका ‘सम्बन्ध सुमधुर बनाउने’ वार्तालापबाट हौसिँदै उनी शुक्रबार अपराह्न स्वदेश फर्केका छन्। ‘नेपालका प्रधानमन्त्रीज्यूसँग राम्रो र सौहार्दपूर्ण कुराकानी भयो’, शुक्रबार अन्नपूर्ण पोस्ट्सँगको भेटमा उनले भने, ‘प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच सुमधुर सम्बन्ध छ। उहाँहरू एक–अर्कालाई राम्ररी बुझ्नुहुन्छ। त्यसैले दुई देशबीच बढेको असमझदारी उहाँहरूले सल्टाउनेमा म विश्वस्त छु। त्यही अनुभूत गरेर फर्किंदै छु।’

    नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउने पक्षमा भारत र आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदी रहेको उनले बताए। अघिल्लो दिन प्रधानमन्त्री ओलीसँगको भेटमा उनले भारतीय समकक्षी मोदीको त्यही सन्देश सुनाएका थिए। प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पनि दुई देशको परापूर्वदेखिको सुमधुर सम्बन्ध चाँडोभन्दा चाँडो पूर्ववत् मैत्रीपूर्ण होस् भन्ने चाहना व्यक्त गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

    मंसिर १३, २०७७ शनिवार ११:४२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend