Logo

आइतवार, मंसिर १२ गते २०७८

images

आँफु हारेर पनि पार्टी एकता बचाउन जनार्दन शर्माको आग्रह

आँफु हारेर पनि पार्टी एकता बचाउन जनार्दन शर्माको आग्रह

नेपालपाना मंसिर १३ २०७७
  • 37.7K
    SHARES
  • आँफु हारेर पनि पार्टी एकता बचाउन जनार्दन शर्माको आग्रह

    काठमाडौं । नेकपाका शीर्ष नेताहरुलाई पूर्वमन्त्री जनार्दन शर्माले आफू हारेर पनि पार्टीलाई जिताउन आग्रह गरेका छन् ।

    नेकपाका स्थायी कमिटीका सदस्य समेत रहेका पूर्वमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू हारेर पनि पार्टीलाई जिताउन शीर्ष नेताहरुलाई आग्रह गरेका हुन् । 

    उनले भनेका छन्, ‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर। संस्थागत मूल्य बोध गर। सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर। अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए विधिले जित्ने छ। यसपटक विधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ।’

    मंसिर १३, २०७७ शनिवार १२:१२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana