काठमाडौं। नेकपाको सचिवालय बैठक आज १ बजे बस्ने भएको छ ।
मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः आज शनिबार १ बजे बालुवाटारमा बस्दैछ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुनेछ ।
यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तर्फबाट बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सबै तयारी भएको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीको आगामी कार्यदिशाबारे समेत त्यसमा विषय समेट्नु हुनेछ ।