Logo

बुधवार, आश्विन १९ गते २०७९

टिग्रेको क्षेत्रीय राजधानीमा सरकारी बलको कब्जा

टिग्रेको क्षेत्रीय राजधानीमा सरकारी बलको कब्जा

मंसिर १४ २०७७
  • 11.3K
    SHARES
  • टिग्रेको क्षेत्रीय राजधानीमा सरकारी बलको कब्जा

    काठमडौं । इथियोपियन सरकारी सुरक्षा बलले टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीमा पूर्ण नियन्त्रण कायम गरेको छ । 

    इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सरकारी सुरक्षा बलले टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीमा पूर्ण नियन्त्रण कायम गरेको बताएका हुन् । टिग्रेको राजानी मेकेली सरकारी सेनाले नियन्त्रण कायम गरेको उनले बताएका हुन् । 

    यसअघि आर्मी टिग्रे पिपुल्स लिबरेशन फ्रन्टविरुद्ध आक्रामक अभियान चलाएर सो क्षेत्रमा प्रवेश गरेको थियो । टिपिएलएफका नेताले समाचार संस्था रोयटर्ससँग स्वनिर्णयको अधिकारका लागि आफूहरुले अन्त्यसम्म लडिरहने बताएका छन् । सरकारी सुरक्षा बल र टिपिएलएफबिच भएको हिंसाका कारण सयौँको मृत्यु भएको छ भने हजारौँ बिस्थापित भएका छन् ।

    मंसिर १४, २०७७ आइतवार १०:४४:२३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend