Logo

मंगलवार, माघ ६ गते २०७७

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेनः मन्त्री भुसाल

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेनः मन्त्री भुसाल

नेपालपाना मंसिर १४ २०७७
  • 487
    SHARES
  • सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेनः मन्त्री भुसाल

    चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी चितवनको अगुवा कार्यकर्तासँग उनले यस्तो बताएका हुन् । पार्टीभित्र भएको किचलोको कारण सरकारले काम गर्न नसकेको उनको धारण थियो । 

    नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भुसालले भने, “गत मङ्सिर ४ गते सचिवालय बैठकले पार्टीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्ने र सरकार अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष चलाउने भनेर मात्र म मन्त्री भएको हो । पार्टीभित्रको समस्या समाधान भयो भन्ने लागेर मन्त्री भएँ, तर अवस्था अहिले पनि उस्तै छ ।”

    “अहिलेको अवस्थाजस्तै पार्टी र सरकारबीचको किचलो रहेमा समाजवादतर्फ मुलुकलाई लैजान सक्दैनौँ”, उनले भने । “पार्टी आफै राम्ररी सङ्गठित भएर त्यो पार्टीले निर्देशन गरेको दिशामा सरकार हिँडेन भने त्यसले समृद्धि र समाजवाद ल्याउन सक्दैन, कामचलाउ काम मात्र गर्दछ ।’

    मंसिर १४, २०७७ आइतवार ११:१९:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana