Logo

आइतवार, श्रावण १० गते २०७८

गृहमन्त्री थापाले चिनियाँ रक्षामन्त्रीको अपमान गरे, कुटनैतिक मर्यादा भुलेपछी शुरु भयो आलोचना !

गृहमन्त्री थापाले चिनियाँ रक्षामन्त्रीको अपमान गरे, कुटनैतिक मर्यादा भुलेपछी शुरु भयो आलोचना !

नेपालपाना मंसिर १४ २०७७
  • 141.1K
    SHARES
  • गृहमन्त्री थापाले चिनियाँ रक्षामन्त्रीको अपमान गरे, कुटनैतिक मर्यादा भुलेपछी शुरु भयो आलोचना  !

    काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहेको स्वागतमा खटिएका गृहमन्त्री रामबहादुर थापाले कुटनीतिक मर्यादा विपरितको कार्य गरेको भन्दै आलोचना भएको छ ।

    आइतबार सीमित घण्टाको भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्री फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गृहमन्त्री थापा पुगेका थिए । अति विशिष्ट कक्षमा थापाले स्वागत गर्ने क्रममा कुटनीतिक व्यवहारको आचारण प्रस्तुत नगरेको आरोप लागेको छ ।

    चिनियाँ रक्षामन्त्री फेङहे शालिन अवस्थामा सोफामा बसेका छन् । तर, नजिकै रहेका गृहमन्त्री थापा सोफामा पसारिएर दुइटै खुट्टा लामो बनाएर खपाएर बसेका छन् ।

    गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङहे सोफामा बसेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । थापाले पाहुनालाई कसरी स्वागत गर्नुपर्छ भन्ने सामान्य आचरण पनि नदेखाएको भनेर आलोचना भएको छ ।

    मंसिर १४, २०७७ आइतवार १६:२३:३७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana