Logo

शुक्रवार, आश्विन १ गते २०७८

कोरोना भाइरस संक्रमणबाट थप २५ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप २५ जनाको मृत्यु

नेपालपाना मंसिर १४ २०७७
  • 10.4K
    SHARES
  • कोरोना भाइरस संक्रमणबाट थप २५ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट देशमा थप २५ जना संक्रमितको ज्यान गएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा थप २५ जना संक्रमितको ज्यान गएको हो । यससँगै मृतकको संख्या भने १४ सय ७९ पुगेको छ। 

    त्यस्तै, पछिल्लो २४ घण्टामा देशमा थप एक हजार २५५ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै देशमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ ।

    नेपालमा अहिलेसम्म एकलाख ५१ हजार ४९७ जना पुरुष र ७९ हजार २२६ जना महिलामा संक्रमण भएको छ । हाल १७ हजार ९०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

    पछिल्लो चौबीस घण्टामा नौ हजार ९०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३८० जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

    मंसिर १४, २०७७ आइतवार १७:०६:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana