Logo

सोमवार, कार्तिक १ गते २०७८

images

सन् २०२२ मा पर्यटक निकै बढ्ने मन्त्री भट्टराईको अनुमान

सन् २०२२ मा पर्यटक निकै बढ्ने मन्त्री भट्टराईको अनुमान

नेपालपाना मंसिर १५ २०७७
  • 10.8K
    SHARES
  • सन् २०२२ मा पर्यटक निकै बढ्ने मन्त्री भट्टराईको अनुमान

    चितवन। केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको शिलन्यास गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । 

    रत्ननगर नगरपालिका–५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलन्यास गर्दै मन्त्री भट्टराईले 
    यस्तो बताएका हुन् । उनले विगतका वर्षको भन्दाबढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।

    मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने “सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।”

    मंसिर १५, २०७७ सोमवार १२:४७:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana