Logo

मंगलवार, माघ ६ गते २०७७

ओली भन्छन्ः नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर गर्दैन

ओली भन्छन्ः नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर गर्दैन

नेपालपाना मंसिर १५ २०७७
  • 314
    SHARES
  • ओली भन्छन्ः नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर गर्दैन

    काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । 

    रक्षामन्त्री वेईसँगको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताएको जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले दिएका हुन् । साथै ओलीले नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर नगर्ने बताएका छन् ।

    रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्धलाई अझ सुमधुर बनाएर अगाडि बढाउन चाहेको सन्देश वेईमार्फत दिए । छलफलको क्रममा प्रधानमन्त्री ओलीले भने, “नेपाल र चीनजस्तो दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको सम्बन्ध अरू कुनै कुराले असर गर्न सक्दैन भन्ने विश्वास हाम्रो रहिआएको छ ।”

    मंसिर १५, २०७७ सोमवार १३:४६:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana