काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा पनि उपस्थिति जनाएका छन्।
आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। भिडियो सेयरिङ एप टिकटकको अकाउन्ट बनाउनेबारे प्रविधि विज्ञहरुसँग छलफल भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले भने 'अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो ।' हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज ८० हजार बढी पुगिसकेको छ।