काठमाडौं । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहालले पूरक प्रस्ताव पेश गर्ने भएका छन् ।
२८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि त्यसको जवाफमा अध्यक्ष केपी ओलीले मंसिर १३ गते ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए । प्रस्तावमा ओलीले उठाएका विषयबारे प्रचण्डले पनि लिखित रुपमा नै जवाफ दिन अर्को पूरक प्रतिवेदनको तयारी गरेका हुन् ।
दाहालले सोमबार दिनभर ओलीको ३८ पृष्ठको प्रस्तावको अध्ययन गरेका छन । मंगलबार बिहानको समय पनि उनले त्यसमै लगाएका एक नेताले बताए । दाहालले पुरक प्रस्ताव मंसिर १८ गते पार्टीको स्थायी समितिको बैठक बोलाएकाले त्यहीँ पेश हुनसक्ने एक नेताले बताएका छन् । ओली पक्षले भने दुबै अध्यक्षको प्रस्तावलाई स्थायी समितिमा लैजान नहुने तर्क गर्दै आएको छ ।