काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाले हिमालयन राष्ट्र नेपाल भ्रमणको क्रममा नवनिर्माण ताशप (तारे) गोम्पा मठको उद्घाटन गरेका छन् ।
नेपालको भारतीय दूतावासले ट्वीट गर्दै भारतीय सहयोगमा बनेको गुम्बाको भारतीय विदेश सचिव श्रींगलाले उद्घाटन गरेको जानकारी दिएको छ । दूतावासले यसले भारत र नेपालको विकास र सांस्कृतिक सहयोगको उदाहरण प्रस्तुत भएको जनाएको छ ।
भारतीय अधिकारीले बौद्ध धर्म दुई देशलाई जोड्ने महत्वपूर्ण सूत्र भएको बताएका छन् । दुई दिनको नेपाल भ्रमणको क्रममा भारतीय अधिकारीले नेपालका राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
उनी बिहीबार नेपाल आएका थिए भने शुक्रबार स्वदेश फर्किएका थिए ।
हर्षवर्धन श्रृंगलाले गोरखाको भ्रमण गरे र भारतीय सहयोगमा पुनर्निर्माण गरिएका ३ वटा विद्यालयहरूको उद्घाटन गरे । श्री महालक्ष्मी, श्री रत्नलक्ष्मी र श्री तारा माध्यमिक विद्यालयको उद्घाटन गरिएको नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सचिव रामकृष्ण सापकोटाले जारी गरेको विज्ञप्तिमार्फत भनिएको छ ।
यी तीन वटा स्कूलमा करीव १६ सय विद्यार्थीहरू छन् जुन अब नवनिर्मित भूकम्प लचिलो स्कूल भवनहरुबाट लाभान्वित हुनेछन् ।