Logo

बुधवार, कार्तिक ३ गते २०७८

images

चोरीको नगद ११ लाख र सुन सहित २ जना प्रहरी नियन्त्रणमा

चोरीको नगद ११ लाख र सुन सहित २ जना प्रहरी नियन्त्रणमा

नेपालपाना मंसिर १७ २०७७
  • 12.3K
    SHARES
  • चोरीको नगद ११ लाख र सुन सहित २ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं । बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका ९ सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला पारेको र थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि आइतबार उक्त ज्बलेर्सबाट करिब १४९।९५ ग्राम बराबरको ३ थान सुनको बाला सहित कुमारलाई समेत पक्राउ गरेको हो ।

    भन्सार छलि चोरी निकासी गरी सुन ल्याएको अभियोगमा पक्राउ पर्नेहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक काठमाडौं महानगरपालिका -३२ बस्ने तेह्रथुम छथर गाउँपालिका -४ घर भएका ३२ वर्षीय कुमार सेन्चुरी र काठमाडौं महानगरपालिका -१५ बस्ने रामेछाप दोरम्बा गाउँपालिका -४ घर भएका ३२ वर्षी गंगा बहादुर मगर रहेका छन् ।

    बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका ९ सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला पारेको र थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि आइतबार उक्त ज्बलेर्सबाट करिब १४९।९५ ग्राम बराबरको ३ थान सुनको बाला सहित कुमारलाई समेत पक्राउ गरेको हो ।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

    मंसिर १७, २०७७ बुधवार २०:४८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अपराध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana