Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

भोजपुरका पत्रकारलाई तरुण उपाध्यक्षद्वारा स्वास्थ्य सामग्री प्रदान

भोजपुरका पत्रकारलाई तरुण उपाध्यक्षद्वारा स्वास्थ्य सामग्री प्रदान

नेपालपाना मंसिर १८ २०७७
  • 7.9K
    SHARES
  • भोजपुरका पत्रकारलाई तरुण उपाध्यक्षद्वारा स्वास्थ्य सामग्री प्रदान

    भोजपुर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले गृहजिल्ला भोजपुरका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

    उपाध्यक्ष चापागाइँले बुधबार स्थानीय सञ्चारकर्मीहरूलाई मास्क र सेनिटाईजर वितरण गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ भोजपुर शाखाको सभाहलमा क्रियाशील पत्रकारहरूलाई मास्क र सेनिटाईजर वितरण गरेको उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

    कार्यक्रममा नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राई, नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझी, विनोद वान्तवा, सफल किरात, तरुण दल जिल्ला कार्य समिति भोजपुरका सचिव ज्योति पौडेललगायतको उपस्थिति रहेको थियो ।

    मंसिर १८, २०७७ बिहिवार ०९:२७:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल तरुण दल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana