Logo

बुधवार, आषाढ २ गते २०७८

कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु 

कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु 

नेपालपाना मंसिर १८ २०७७
  • 7.4K
    SHARES
  • कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु 

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट देशमा थप १३ जनाको मृत्यु भएको छ । 

    पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    त्यस्तै, पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको छ । यससँगै देशमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । मन्त्रालयका अनुसार १७ लाख ६३ हजार ९१९ परीक्षण भइसकेको छ । 

    पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको पुष्टि भएको उल्लेख गरेको छ । हाल १५ हजार ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

    मंसिर १८, २०७७ बिहिवार १७:०३:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana