Logo

शनिवार, बैशाख ४ गते २०७८

पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको बृहत सभामा बिजुली काटियो

पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको बृहत सभामा बिजुली काटियो

नेपालपाना मंसिर १९ २०७७
  • 5.9K
    SHARES
  • पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको बृहत सभामा बिजुली काटियो

    मुल्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राजीनामा माग गर्दै गरिएको बृहत सभामा मुल्तान प्रशासनले बिजुली काटिदिएको छ ।

    पाकिस्तानको मुल्तान जिल्ला प्रशासनले आयोजकहरुका लागि अवरोध खडा गर्ने प्रयासस्वरुप नोभेम्बर ३० मा पाकिस्तानी लोकतान्त्रिक आन्दोलन (पीडीएम) को सार्वजनिक भेलाको आयोजनास्थलको बिजुली काटिएको थियो ।

    दुनियाँ न्युजका अनुसमर कासिम बग स्टेडियममा पुगेका विपक्षी दलका कार्यकर्ताहरुले कार्यक्रमका लागि ल्याइएका उपकरणहरु पनि स्थानीय प्रशासनले जफत गर्ने काम गरेको छ । बिजुली काटिएपछि विकल्पको रुपमा जेनेरेटेरलगायतका उपकरणहरु ल्याइए पनि स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो ।

    यसअघि विभिन्न विपक्षी दलका कार्यकर्ताहरुलाई कार्यक्रमको तयारीका लागि जान अवरोध गरेपछि कार्यकर्ताहरुले जबरजस्ती उक्त घेरा तोड्दै शनिबार स्टेडियममा प्रवेश गरेका थिए । पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) लगायत पीडीएम घटक दलका नेताहरूको नेतृत्वमा कार्यकर्ताहरुले तीनवटा ताला तोडेर स्टेडियममा प्रवेश गरेका थिए ।

    पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) का उपाध्यक्ष मरियम नवाज शरीफ र पूर्व प्रधानमन्त्री बेनजीर भुटुको कान्छो छोरा असिफा भुट्टो जरदारी यस र्यालीमा सहभागी भएका थिए । आज, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड-१९ कारण देखाउँदै सरकारविरोधी र्यालीहरुमा अवरोध सिर्जना गर्ने काम गरिरहेको छ । प्रधानमन्त्री खानका प्रवक्ताले सार्वजनिक सभामा भाग लिनेहरूलाई जेलमा हाल्ने चेतावनी दिएका छन् । पीडीएमका नेताहरुले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेका छन् ।

    मंसिर १९, २०७७ शुक्रवार १३:१३:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इमरान खान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana