Logo

बिहिवार, फाल्गुण २० गते २०७७

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सैनुल्लाह अन्सारी पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सैनुल्लाह अन्सारी पक्राउ

नेपालपाना मंसिर १९ २०७७
  • 3.5K
    SHARES
  • स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सैनुल्लाह अन्सारी पक्राउ

    बारा । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । 

    सशस्त्र प्रहरीको गस्तो टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्र्राउ गरेको हो । पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिएको जनाएको छ । 

    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको टोलीले बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई चेकजाँच गर्दा उनीसँग सो रकम पाइएको थियो । 

    मंसिर १९, २०७७ शुक्रवार १७:४३:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अपराध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana