काठमाडौं । कार्यकारी अध्यक्ष प्रचण्डको लिखित प्रस्तावलाई लाल्छनापत्र भन्दै खारेज गर्नुपर्ने अडान राख्दै आएका प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली हारेका छन्। उनलाई काउन्टर दिँदै नेकपा सचिवालयले प्रचण्ड र उनको गरी दुबै प्रस्तावलाई स्थायी कमिटीमा प्रस्तुत गरेर छलफल गर्ने निर्णय गरेको छ। सचिवालयले स्थायी कमिटी बैठक भोलि राख्ने निर्णय समेत गरेको छ।
ओलीको स्वेच्छाचारीविरुद्ध कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि त्यसको काउन्टरमा ओलीले ३८ पृष्ठको प्रस्ताव प्रस्तुत गरेका छन्। अब दुबै प्रस्ताव स्थायी कमिटीमा छलफल हुनेछन्।
स्थायी कमिटीले ओलीको भूमिका र अहंकारी तथा स्वेच्छारी गतिविधिका कारण उनलाई बहुमतले प्रधानमन्त्री र अध्यक्षबाट फिर्ता बोलाउने निर्णय गर्न सक्छ। यद्यपि नेताहरु सहमतिको प्रयासमा हुनेछन्।
ओलीले आत्मालोचना गरेर बेला बेला सच्चिने प्रतिबद्धता जनाउने र फेरि उस्तै प्रवृति दोहोर्याउने गरेका कारण यसपालि प्रचण्ड र ओली समूहले हटाउनेसम्मको निर्णय गर्न सक्ने नेताहरु अनुमान गर्छन्। यो निर्णय बैठकमा ओलीको प्रस्तुतिमा निर्भर रहनेछ।