Logo

बिहिवार, फाल्गुण २० गते २०७७

सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै घाँटी रेटेर हत्या

सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै घाँटी रेटेर हत्या

नेपालपाना मंसिर २४ २०७७
  • 2.5K
    SHARES
  • सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै घाँटी रेटेर हत्या

    मोरङ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि भएको छ ।

    यसअघि प्रहरीले स्थानीयले दिएको जानकारीको आधारमा गोली हानेर हत्या भएको बताएकोमा प्रहरी टोली घटनास्थल पुग्दा घाँटी रेटेर हत्या भएको खुलेको हो । सामाजिक अगुवासमेत रहेका ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव भेटिएको थियो ।

    उनलाई घरबाटै ४–५ जनाको समूहले अपहरण गरेर लगेको एक घण्टापछि स्थानीयले एक किल्लोमिटर नजीकै शव भेटेका थिए । घटना भएको करिब ८ घण्टापछि प्रहरी पूर्वोत्तर मोरङको विकट क्षेत्रमा पर्ने घटनास्थलमा पुगेको थियो ।

    श्रेष्ठको दुवै हात बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको र मृतकको शवमा गोली प्रहार भएको नदेखिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवाज स्थानीयले सुनेका थिए ।

    पारिवारिक स्रोतका अनुसार विप्लव समूहविरुद्ध सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै श्रेष्ठको अपहरणपछि हत्या भएको छ । नेपाल समाचारपत्र 

    मंसिर २४, २०७७ बुधवार ०९:१०:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अपराध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana