Logo

शुक्रवार, मंसिर १६ गते २०७९

सगरमाथाको उचाइ मापनमा चीनको ‘इन्ट्री’सँगै नेपालमा विदेशी पर्यटक कमी आउने निश्चित, चीनलाई फाइदै-फाइदा

सगरमाथाको उचाइ मापनमा चीनको ‘इन्ट्री’सँगै नेपालमा विदेशी पर्यटक कमी आउने निश्चित, चीनलाई फाइदै-फाइदा

नेपालपाना मंसिर २४ २०७७
  • 20.4K
    SHARES
  • सगरमाथाको उचाइ मापनमा चीनको ‘इन्ट्री’सँगै नेपालमा विदेशी पर्यटक कमी आउने निश्चित, चीनलाई फाइदै-फाइदा

    काठमाडौं । नेपाल र चीनले संयुक्त रुपमा मापन गरि सगरमाथाको नयाँ उचाइ घोषणा गरेसँगै नेपालमा विदेशी पर्यटकमा कमी आउने निश्चित भएको छ । 

    राष्ट्रिय युवा पार्टी नेपालले प्रेस वक्तव्य जारी गर्दै यस्तो जनाएको हो । जारी प्रेस वक्तव्यमा आरोहीहरुको लागि चीनले नेपालको भन्दा राम्रो व्यवस्था गरिएको भनिएको छ । साथै, चीनले यसबारे निकै प्रचारप्रसार गर्ने उल्लेख गरिएको छ । 

    No description available.

    नेपाल र चीनले मङ्गलवार विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरेको छ । हिजो सगरमाथाको नयाँ उचाइ घोषणा गरिएको हो । नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। 

    चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४ मिटर रहेको बताउँदै आएको थियो। नेपाल र चीनले मङ्गलवार संयुक्त रूपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन्। नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो।

    मंसिर २४, २०७७ बुधवार १३:५२:०५ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend