काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विवेकशील र साझा पार्टी एकीकरण भएपछि भेडा भेडासँग र बाख्रा बाख्रासँग हुनु स्वाभाविक भएको भन्दै टिप्पणी गरेका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै साझा विवेकशील पार्टी पश्चगामी नभई अग्रगामी शक्तिहरूको ध्रुवीकरणमा बल पुगोस् भन्ने कामना गरेका छन् ।
उनले लेखेका छन्, ‘सबैतिर झैं राजनीतिमा पनि भेडा भेडासँग र बाख्रा बाख्रासँग हुनु स्वाभाविक र राम्रो कुरा हो । विवेकशील र साझा मिलेर विवेकशील साझा पार्टी बनेकोमा हार्दिक बधाई तथा शुभकामना १ पश्चगामी हैन अग्रगामी शक्तिहरूको ध्रुवीकरणमा बल पुगोस् भन्ने थप कामना ।’
बुधवार भर्चुअल माध्यमबाट साझा र विवेकशील पार्टी एकीकरणको घोषणा गरेका छन् । यसअघि समेत एकीकरण गरेका दुवै पार्टीमा विवाद भएपछि फुटेका थिए ।