Logo

शुक्रवार, आश्विन १ गते २०७८

पार्टी नेतृत्वको विषयमा बाेले काँग्रेस नेता प्रकाशमान सिंह, के भने ?

पार्टी नेतृत्वको विषयमा बाेले काँग्रेस नेता प्रकाशमान सिंह, के भने ?

नेपालपाना मंसिर २५ २०७७
  • 15.7K
    SHARES
  • पार्टी नेतृत्वको विषयमा बाेले काँग्रेस नेता प्रकाशमान सिंह, के भने ?

    काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताएका छन् । 

    काठमाडौँ महानगरपालिका–३१ का सभापति स्वर्गीय उज्वल कोइरालाको शोकसभामा आज आयोजित कार्यक्रममा बोल्दै उनले विसं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको बताए । 

    “राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो”, उनले भने । पार्टीको १४औँ महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । नेता सिंहले वर्तमान सरकार संविधान र सङ्घीयताको मर्म र भावना विपरीत हिँडेको बताए । 

    काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतान्त्रिक दल काँग्रेस विधि र विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताए ।पूर्वउद्योगमन्त्री जोशीले वर्तमान सरकारले सुशासन र समृद्धिको नारा दिए पनि उक्त नारालाई व्यवहारमा उतार्न नसकेको आरोप लगाए। 

    काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाशविक्रम राणा, महासमिति सदस्य सुरजचन्द्र लामिछानेलगायतले स्वर्गीय कोइरालाको राजनीतिमाथि चर्चा गरेका थिए ।

    मंसिर २५, २०७७ बिहिवार २१:२२:४५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana