Logo

आइतवार, मंसिर १२ गते २०७८

images

यस वर्षको विवाह पञ्चमीमा अयोध्याबाट जन्ती नआउने

यस वर्षको विवाह पञ्चमीमा अयोध्याबाट जन्ती नआउने

नेपालपाना मंसिर २६ २०७७
  • 13.6K
    SHARES
  • यस वर्षको विवाह पञ्चमीमा अयोध्याबाट जन्ती नआउने

    जनकपुरधाम । यस पटकको विवाह पञ्चमी अयोध्याबाट जन्ती नआउने भएको छ ।

    कोरोना भाइरस संक्रमणका कारण जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी अयोध्याबाट जन्ती नआउने भएको हो ।

    बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित हुने भएको जनाइएको छ ।

    प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । तर यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन ।

    यस पटक विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

    मंसिर २६, २०७७ शुक्रवार १२:१७:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana