काठमाडौं- नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई शुक्रबार (आज्र) कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूमा कोरोनाका सामान्य लक्षण देखिएपछि दुई दिनदेखि सेल्फ आइसोलेसनमा बसेको र स्वाद र गन्ध आउने छाडेपछि परीक्षण गराएको बताएका छन्।
अहिले पनि आफू सबै स्वास्थ्य मापदण्ड अनुसरण गरी घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।