Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

कांग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन, तीन दिन पार्टीको झण्डा आधा झुकाइने 

कांग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन, तीन दिन पार्टीको झण्डा आधा झुकाइने 

नेपालपाना मंसिर २६ २०७७
  • 8.7K
    SHARES
  • कांग्रेस  पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन, तीन दिन पार्टीको झण्डा आधा झुकाइने 

    काठमाडौं- नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी ८० वर्षीय श्यामलाल श्रेष्ठको निधन भएको छ। एघारौं महाधिवेशन २०६२ मा गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा पार्टीको केन्द्रीय सदस्य रहेका श्रेष्ठको मस्तिष्कमा रक्तश्राव भई उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा निधन भएको  हो ।

    श्रेष्ठ विसं २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका थिए। नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलनरसंघर्षका क्रममा उनले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन बिताएका थिए।

    ३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्य थिए।

    श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं। ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सभापति भएका थिए। 

    मंसिर २६, २०७७ शुक्रवार १९:४८:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana