काठमाडौं- एचसीएल टेक्नोलोजीको प्रमुख कार्यकारी रोशनी नाडर ३८ वर्षको उमेरमा भारतकै सबैभन्दा धनी महिला बनेकी छिन्।
रोशनीसँग ५ खर्ब ४८ अर्ब ५० करोड भारतीय रुपैयाँ रहेको इन्डियाको एउटा सर्भेले जनाएको छ। यो सूचीमा दोस्रो नम्बरमा छिन् बायोकोनकी संस्थापक तथा कम्पनीका प्रबन्धनिर्देशक किरण मजुमदार । उनको कुल सम्पत्ति ३ खर्ब ६६ अर्ब भारु छ ।
मुम्बईमा रहेको फार्मा कम्पनी यूएसभी प्राइभेट लिमिटेडकी लीना गान्धी तिवारी २ खर्ब १३ अर्ब ४० करोड भारुका साथ तेस्रो नम्बरमा छिन् । यो सूचीलाई कोटक वेल्थ र हुरुन इन्डियाले यो वर्षको लागि तयार गरेका हुन् ।
रोशनी ३८ वर्ष मात्र पुगेकी छिन्। उनी सन् २०१९ मा चर्चित म्यागजिन फोर्ब्सको सय विश्वका शक्तिशाली महिला सूचीमा उनी ५४औँ नम्बरमा परेकी थिइन्।