Logo

शनिवार, बैशाख ४ गते २०७८

अमेरिकामा कोभिड-१९ विरुद्धको खोपको पहिलो अभियान शुरु, आजदेखि खोप लगाउन सुरु

अमेरिकामा कोभिड-१९ विरुद्धको खोपको पहिलो अभियान शुरु, आजदेखि खोप लगाउन सुरु

नेपालपाना मंसिर २९ २०७७
  • 2.8K
    SHARES
  • अमेरिकामा कोभिड-१९ विरुद्धको खोपको पहिलो अभियान शुरु, आजदेखि खोप लगाउन सुरु

    काठमाडौं । अमेरिकामा कोभिड-१९ विरुद्धको खोपको पहिलो अभियान शुरु गरिएको छ । 

    अमेरिकाको खाद्य तथा औषधि विभागले अनुमति दिएसगै कोभिड विरुद्धको खोपको पहिलो अभियान शुरु गरिएको हो । यससँगै अमेरिकामा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । 

    अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउन सुरु गरिएको जनाइएको छ । अधिकारीहरुले पहिलो चरणमा खोपको तीस लाख डोज लगाइने बताएका छन् । यसका लागि देशका विभिन्न सय स्थानमा रहेका खोप केन्द्रहरुमा खोप पुर्‍याइसकिएको जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

    फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ । अमेरिकाले पहिलो चरणमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप लगाउने बताएको छ ।

    मंसिर २९, २०७७ सोमवार ११:२७:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana