Logo

आइतवार, जेठ २ गते २०७८

हङकङको अधिकारलाई अन्डरमाइन नगर्न चीनलाई फाइभ आइज् अलाइन्सको चेतावनी

हङकङको अधिकारलाई अन्डरमाइन नगर्न चीनलाई फाइभ आइज् अलाइन्सको चेतावनी

Nepal Pana मंसिर २९ २०७७
  • 4.2K
    SHARES
  • हङकङको अधिकारलाई अन्डरमाइन नगर्न चीनलाई फाइभ आइज् अलाइन्सको चेतावनी

    वाशिंगटन । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, न्युजील्याण्ड, क्यानडा र अष्ट्रेलियाले हङकङको अधिकारलाई अन्डरमाइन नगर्न चीनलाई चेतावनी दिएका छन् ।

    चीनले हङकङको निर्वाचित सांसदहरुलाई अयोग्य ठहर गरेपछि पाँच मुलुकहरुको गठबन्धन फाइभ आइज् अलाइन्सले चीनलाई चेतावनी दिएको हो । चीनले नयाँ सुरक्षा कानुन जारी गरेकोप्रति गम्भीर चिन्ता दोहोर्‍याउँदै उक्त कानुन पुनर्विचार गर्नसमेत अलाइन्सले आग्रह गरेको छ ।

    चीनले हङकङमा नागरिकले आफ्नो प्रतिनिधि छनोट गर्ने अधिकारलाई नै कुल्चिएर प्रजातन्त्र र स्वतन्त्रताको माग गर्नेलाई अयोग्य ठहर गर्ने कार्य तत्काल रोक्नसमेत चेतावी दिएको हो ।

    संयुक्त विज्ञप्तिमा अमेरिका, बेलायत, न्यूजील्याण्ड र अष्ट्रेलियाका परराष्ट्र मन्त्रीहरूले निर्वाचित व्यवस्थापिकाको अयोग्यता कानुनी रूपमा बाध्यकारी गर्ने काम संयुक्त राष्ट्रसंघमा दर्ता भएको चीन-बेलायतको संयुक्त घोषणापत्रकोसमेत उल्लंघन भएको छ ।

    "हामीहरू, अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड र बेलायत, संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरु चीनमा निर्वाचित सांसदहरुलाई अयोग्य ठहराउनका लागि चीनले नयाँ नियम लगाएको सम्बन्धमा गम्भीर चिन्ता दोहोर्‍याउछौं ।

    राष्ट्रिय सुरक्षा कानुन र सेप्टेम्बरको विधान परिषद्को चुनाव स्थगित भएपछि यो निर्णयले हङकङको उच्च स्वायत्तता र अधिकार र स्वतन्त्रतालाई कमजोर बनाएको छ," अलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    "चीनको कारवाही कानुनी रूपमा बाध्यकारी गर्नु संयुक्त राष्ट्र-पंजीकृत चीन-ब्रिटिश संयुक्त घोषणापत्र अन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय दायित्वहरूको स्पष्ट उल्लंघन हो। यसले हङकङको 'स्वायत्तताको' र अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिने चिनियाँ प्रतिबद्धताको उल्लंघन हो," विज्ञप्तिमा थप भनिएको छ । फाइभ आईस अस्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, ब्रिटेन र संयुक्त राज्य अमेरिका सम्मिलित एक गठबन्धन हो ।

    यसअघि चीनले हङकङका निर्वाचित सांसदहरुलाई अयोग्य ठहर गरेपछि अन्य प्रजातान्त्रिक सांसदहरुले पनि विरोधस्वरुप राजीनामा दिएका थिए ।

    मंसिर २९, २०७७ सोमवार १४:२५:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बामदेव गौतम

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana