Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

राजनीतिक विपत्ती: लद्दाखमा चीनले देखाएको दुस्साहस रणनीतिक गल्ती

राजनीतिक विपत्ती: लद्दाखमा चीनले देखाएको दुस्साहस रणनीतिक गल्ती

नेपालपाना मंसिर २९ २०७७
  • 7.1K
    SHARES
  • राजनीतिक विपत्ती: लद्दाखमा चीनले देखाएको दुस्साहस रणनीतिक गल्ती
     
    नयाँ दिल्ली । चिनियाँ सेना पीएलएले अप्रिल-मेदेखि भारतको पूर्वी लद्दाखमा र त्यसपछि क्रमश देपसाङ, गोग्रा, हट स्प्रिङ, पाङगोङ त्सो क्षेत्रमा अतिक्रमण सुरु गर्नुका साथै झडपका श्रृंखलाहरु सुरु गरेको थियो ।
     
    यससँगै चिनियाँ सेनाले जुन १५ को राति लद्दाखको गलवान घाँटीमा भारतीय क्षेत्रमा प्रवेश गर्दै भारतीय सेनामाथि हमला गर्यो । उक्त हमलामा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चीनले आफ्नो तर्फबाट मृत्य भएका सेनाको नाम सार्वजनिक गरेको छैन ।
     
    उक्त क्षेत्रमा चीनको देखाएको दुस्साहस रणनीतिक, कूटनीतिक र राजनीतिक गल्तीको रुपमा ब्याख्या गरिएको छ । गलवानको आक्रमणलाई न त पीएलएले न त चीनको राजनीतिक-कूटनीतिक सर्कलले आक्रमणलाई आफूले गराएको पुष्टि गरिसकेका छन् न त गल्ती नै स्वीकार गर्न सकेका छन् ।
     
    तर मेमा भारत-चीन सैन्य गतिरोध सुरु भएदेखि यतास्थितिको नजिकबाट विश्लेषण गरेपछि यो स्पष्ट हुन्छ कि चिनियाँहरूले सन् २०१७ मा देखाएको डोक्लाम षड्यन्त्रलाई बिर्सिएका देखिन्छन् । यद्यपि डोल्कममा अप्रमाणित रिपोर्टहरूले सुझाव दिएका छन कि भारतीय सेनाको फिर्तीपछि पीएलएले सम्भवतः भविष्यका कामका लागि आफ्ना केही स्थानहरू पुनर्स्थापना गरेको थियो ।
     
    यद्यपि लद्दाख परिदृश्यमा चिनियाँहरूले मात्र कवच गुमाएका छैनन, बरु त्यसले यस क्षेत्र, भारत-प्रशान्त क्षेत्र र दक्षिण चीन सागरमा पनि कूटनीतिक मार्गको बारेमा समस्या सिर्जना गरेका छन् । चीनले भारतमाथि सुरु गरेको तनावपछि विश्वजगतबाट आलोचनाको सिकार बन्यो ।
     
    धेरै वर्षदेखि दुई देशबीच पारस्परिक रूपमा स्वीकार्य सीमाको सीमांकनको लागि काम गर्ने आफ्नो राजनीतिक-कूटनीतिक इच्छुकता प्रस्तुत गर्दै एलएसीमा चीनले लगातार विवादित भूमि भन्दै भारतीय क्षेत्र दाबी गरिरहेको छ । यस्तै विश्वका विभिन्न मुलुकहरुमा चिनियाँ प्रविधिको बिहष्कार, चिनियाँ अधिकारीहरुमाथिको दुर्व्यवहार र चिनियाँ उत्पादन बहिष्कार गर्ने अभियानकोसमेत चीन सिकार हुनु परेको छ ।

    मंसिर २९, २०७७ सोमवार १६:०९:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana