काठमाडौं- विश्व चर्चित भिडियो सेयरिङ सामाजिक सञ्जाल युट्युबमा एकाएक समस्या आएको छ । विश्वभर युट्युब नचलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
युट्युबको एप नै नखुलेपछि भिडियोहरु पनि नचलेको बताइएको छ। गुगलको स्वामित्वमा रहेको युट्युब नचलेको अवस्थामा गुगलका अन्य सेवा जिमेल पनि नचलेको बताइएको छ।
के कारणले एकाएक युट्युबमा समस्या आयो भनेर थाहा हुन सकेको छैन् ।