Logo

शनिवार, बैशाख ४ गते २०७८

प्रेस स्वतन्त्रतामाथि चीन अझ कठोर बन्यो, पत्रकारनै पक्राउ, हस्तक्षेप नगर्न धम्की

प्रेस स्वतन्त्रतामाथि चीन अझ कठोर बन्यो, पत्रकारनै पक्राउ, हस्तक्षेप नगर्न धम्की

नेपालपाना मंसिर ३० २०७७
  • 5.9K
    SHARES
  • प्रेस स्वतन्त्रतामाथि चीन अझ कठोर बन्यो, पत्रकारनै पक्राउ, हस्तक्षेप नगर्न धम्की

    काठमाडौं । चीनले समाचारसंस्था ब्लूमबर्गका लागि काम गर्ने एक पत्रकारलाई पक्राउ गर्नु आफ्नो आन्तरिक मामिला भएको दाबी गर्दै त्यसमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

    ती पत्रकार चिनियाँ नागरिक हुन् र उनको नाम हेज फान हो। उनलाई राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोपमा गत साता पक्राउ गरिएको थियो । उक्त घटना चिनियाँ सरकारले पत्रकारलाई पक्राउ गर्ने वा देशनिकाला गर्ने शृङ्खलामा पछिल्लो हो ।

    युरोपियन युनियन (ईयू)ले समाचारसँग सम्बन्धित विषयमा पक्राउ परेका सबै पत्रकारलाई मुक्त गर्न चीन सरकारलाई आह्वान गरेको छ । शनिवार एउटा विज्ञप्ति प्रकाशित गर्दै ईयूले चिनियाँ अधिकारीहरूले आवश्यक परे फानलाई औषधोपचार तथा तत्काल उनले रोजेअनुसार वकिल उपलब्ध गराऊन् र परिवारजनसँग सम्पर्क गर्न दिऊन् भन्ने आफूले चाहेको बताएको छ ।

    चीनस्थित विदेशी संवाददाताहरूको समूह एफसीसीसीले पनि उनीप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । ईयूका लागि चीनको दूतावासले फान चीनको सुरक्षालाई खतरामा पार्ने आपराधिक गतिविधिमा संलग्न भएको आशङ्का भएको दाबी गर्दै उनलाई कानुनबमोजिम नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको छ ।

    आफ्नो आधिकारिक वीच्याट अकाउन्टमा दूतावासले उक्त मुद्दाबारे वैधानिक रूपमा छानबिन भइरहेको र फानले पाउने अधिकार सुनिश्चित गरिएको जनाएको छ । फान सन् २०१७ देखि ब्लूमबर्गसँग आबद्ध छिन् । त्यसअघि उनले समाचारसंस्था रोएटर्स, सीएनबीसी, अल जजीरा र सीबीएस न्यूजका लागि काम गरेकी थिइन् ।

    डिसेम्बर ७ मा सादा पोसाकमा आएका सुरक्षा अधिकारीहरूले फानलाई लिएर गएका थिए । त्यसअघि उनले आफ्ना एक सम्पादकसँग सम्पर्क गर्न भ्याएकी थिइन् । बीबीसी

    मंसिर ३०, २०७७ मंगलवार १०:५१:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana