Logo

शनिवार, मंसिर १८ गते २०७८

images

चीनले लगाएको आरोप प्रमाणीत भए पदबाट राजीनामा दिन्छु- कांग्रेस नेता शाही

चीनले लगाएको आरोप प्रमाणीत भए पदबाट राजीनामा दिन्छु- कांग्रेस नेता शाही

नेपालपाना मंसिर ३० २०७७
  • 8.6K
    SHARES
  • चीनले लगाएको आरोप प्रमाणीत भए पदबाट राजीनामा दिन्छु- कांग्रेस नेता शाही

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री जीवन बहादुर शाहीले आफुमाथि चीनले लगाएको आरोप प्रमाणीत भए पदबाट राजीनामा दिने बताएका छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को मुखपत्रका रुपमा रहेको ग्लोबल टाइम्सले सीमा अनुगमन गर्न लिमी क्षेत्र जाँदा फ्री बिब्बतको नारा लगाएको झुटो समाचार फैलाएको नेता शाहीले बताएका हुन् ।

    नेपाली काँग्रेस हुम्लाले सदरमुकाम सिमकोटमा आयोजन गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    नेता शाहीले ग्लोवल टाइम्समा आफूलाई लगाएको आरोप प्रमाणित गर्न आरोप लगाउने र ग्लोवल टाईम्स दुबैलाई चुनौती दिएका छन् । नेता शाहीले भनेका छन्,  ‘यदि मैले नभनेको कुरा प्रमाणित गरे सांसद पदबाट समेत राजिनामा दिने उद्घोष गर्छु।’

    कर्णाली प्रदेश सभामा प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले आफूले लाप्चामा गएर फ्रि तिब्बतको नारा लगाउन के को लागि आवश्यक छ भन्दै अर्काको चरित्र हत्या गर्ने कार्य जस्तो काम नगर्न ग्लोवल टाईम्सलाई सचेत बनाएका छन्।

    नेता शाहीले खुलारुपमा लोलुङजोङमा नेपाली भू-भागमाथि एकतर्फी रुपमा भौतिक संरचना बनाएको समेत दाबी गरेका छन्। काठमाडौंमा बसेर नेपाल सरकार र चिनीया दूतावासले विज्ञप्ति निकालेर नेपालको भू(भाग होईन भन्‍नुभन्दा पनि टोली खटाएर अध्ययन गरे सत्य तथ्य सार्वजनिक हुने उनले बताए।

    लाप्चामा रहेको १२ नम्बर पिलर एकतर्फी निर्माण गरि एरिएलको दिसा सच्याएर पुर्वाधार निर्माण गरेको क्षेत्र आफ्नो भू(भागमा पारेको समेत उनले आरोप लगाए। आफूले बुझाएको ज्ञापन पत्र माथि सरकारले कुनै सुनुवाई नगरेकोमा आश्चार्य व्‍यक्त गर्दै वर्तमान सरकारमा राष्ट्रियता नरहेको आरोप उनले लगाए।

    मंसिर ३०, २०७७ मंगलवार १८:०६:४३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana