Logo

शुक्रवार, माघ ७ गते २०७८

images

प्रधानमन्त्री मोदी र जो बाइडेनबीच हार्दिकतापूर्ण संवाद, स्वास्थ्यसेवा र इन्डो-प्यासिफिकबारे छलफल

प्रधानमन्त्री मोदी र जो बाइडेनबीच हार्दिकतापूर्ण संवाद, स्वास्थ्यसेवा र इन्डो-प्यासिफिकबारे छलफल

नेपाल पाना पौष १ २०७७
  • 6.8K
    SHARES
  • प्रधानमन्त्री मोदी र जो बाइडेनबीच हार्दिकतापूर्ण संवाद, स्वास्थ्यसेवा र  इन्डो-प्यासिफिकबारे छलफल

    वाशिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनबीच हार्दिकतापूर्ण संवाद भएको छ ।

    संवादमा दुबै नेताबीच भारत-प्रशान्त क्षेत्र र स्वास्थ्य सेवा, औषधि र विशेष गरी खोपको उपलब्धताबारे छलफल भएको अमेरिकाका लागि भारतीय राजदूत तरनजित सिंह सन्धूले बताएका छन् ।

    एएनआईसँग कुरा गर्दै सन्धूले प्रधानमन्त्री मोदीले बाइडेनलाई अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित भएकोमा बधाइ दिएका छन् । “प्रधानमन्त्री मोदी र राष्ट्रपतिमा निर्वाचित बाइडेनबीच एकदम हार्दिकतापूर्ण कुराकानी भयो । प्रधानमन्त्रीले मोदीले राष्ट्रपति बाइडेनलाई बधाई दिनुभएको छ । उहाँहरूबीच वैश्विक रणनीतिक साझेदारी र भारत-प्रशान्त क्षेत्रका बारेमा छलफल भएको छ ।

    अमेरिका, भारत र सिंगो विश्‍व कोभिड महामारीको सामना गरिरहेकोले यसको खोप उपलब्धताबारे पनि छलफल भएको छ," राजदूतले भने । “उहाँहरुबीच स्वास्थ्य सेवा, औषधि र विशेष गरी खोपको भूमिकाबारे छलफल गर्नुभएको छ । यससँगै जलवायु परिवर्तन र वातावरण तथा नवीकरणीय सौर्य ऊर्जाको भूमिकाबारे पनि छलफल भएको छ,” उनले थपे। प्रधानमन्त्री मोदी र बिडेनले मंगलबार टेलिफोन संवाद गरेका हुन् । जसमा उनीहरू भारत-अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई अगाडि बढाउन सहमत भएका छन् ।

    बाइडेन अमेरिकाको राष्ट्रपतिमा सन् २०२४ सम्मका लागि निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो कुराकानी हो । चीनसँग अमेरिका र भारत दुबैको सम्बन्ध तिक्तापूर्ण रहेको छ । जसका कारण एसिया क्षेत्रमा अमेरिकालाई भारतको सहयोग अतिआवश्यक छ ।

    पौष १, २०७७ बुधवार ०७:४७:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # अमेरिका

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana