Logo

आइतवार, माघ ४ गते २०७७

उखु किसानको २५ करोड श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

उखु किसानको २५ करोड श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

नेपालपाना पौष २ २०७७
  • 144
    SHARES
  • उखु किसानको २५ करोड श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

    काठमाडौं । उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

    सो मिल्सले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये रु २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । 

    सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।

    पौष २, २०७७ बिहिवार २०:२३:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana