हवाना । क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।
क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको बताए ।
गत अक्टोबरमा चुनावी प्रचारका क्रममा बाइडेनले अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताएका थिए। तर उनले क्युबा नीति कहिले जारी गर्ने र त्यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा अझै केही बताएका छैनन्।
बाइडेनले यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका विप्रेषण प्रवाह र क्युबाको भ्रमण सम्बन्धी नीतिहरु खारेज गर्ने बताइसकेका छन् ।