Logo

बिहिवार, माघ १५ गते २०७७

अत्यधिक चिसोका कारण सिरहामा ४ जनाको मृत्यु

अत्यधिक चिसोका कारण सिरहामा ४ जनाको मृत्यु

पौष ४ २०७७
  • 243
    SHARES
  • अत्यधिक चिसोका कारण सिरहामा ४ जनाको मृत्यु

    लहान । एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ ।

    केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

    चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका(३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको छ ।

    गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

    पौष ४, २०७७ शनिवार १०:३२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana