Logo

बुधवार, मंसिर १५ गते २०७८

images

बाबुरामसहितको जसपा टोली बूढानीलकण्ठमा, प्रचण्ड ओलीलाई आपत !

बाबुरामसहितको जसपा टोली बूढानीलकण्ठमा, प्रचण्ड ओलीलाई आपत !

नेपालपाना पौष ४ २०७७
  • 23.3K
    SHARES
  • बाबुरामसहितको जसपा टोली बूढानीलकण्ठमा, प्रचण्ड ओलीलाई आपत !

    काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको नीजि निवास बूढानीलकण्ठ पुगेका छन् ।

    जसपाका कार्यकारी अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो बुढानीलकण्ठ गएका हुन् ।

    नेकपामा चरम आन्तरिक किचलोका कारण फुटको स्थिती सिर्जना भइरहेका बेला जसपा र कांग्रेसबीचको भेटले नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई तनाबको संकेत गराएको छ ।

    आज (शनिबार) जसका नेताहरु प्रधानमन्‍त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले लगातार संविधान उल्लंघन गरेको भन्दै अब, विपक्षी पार्टीहरु एक हुनु पर्ने सन्देशसहित जसपाका नेताहरु बूढानीलकण्ठ पुगेका हुन् ।

    स्रोतका अनुसार भेटमा जसपाका नेताहरूले प्रधानमन्त्री केपी ओलीले अध्यादेशका भरमा देश चलाउन खोजेको भन्दै त्यसविरुद्ध प्रतिपक्षी दलको साझा धारणा बनाउन जोड दिएका छन् ।

    पौष ४, २०७७ शनिवार १८:२९:३८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana